कबड्डी टोली बंगलादेश जाने | Khabarhub Khabarhub

कबड्डी टोली बंगलादेश जाने


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा सरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । 

प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झाले जनाएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : १६ बजे

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति