राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच वर्षसम्म निजी क्षेत्रले सहकार्य गर्ने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ मा प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनल ईभेन्ट म्यानेजमेन्ट प्रालिबीच आज सम्झौता भएको हो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष शुवाष प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारबाट विनियोजन भएको रकमका साथै प्रायोजक खोजी गरि प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

प्रतियोगिताका लागि नेपाल सरकारले विनियोजन गरेको रकममा निजी क्षेत्रले राष्ट्रपति रनिङ शिल्डका लागि कम्तीमा २० लाख र विश्वविद्यालय खेलकुदका लागि कम्तीमा १० लाख रुपैयाँ नेपालयका तर्फबाट प्रायोजन गरिने सम्झौतामा उल्लेख गरिएको छ । यस्तै प्रत्येक वर्ष १० प्रतिशतका दरले प्रायोजन वृद्धि हुने उल्लेख गरिएको छ । 

नेपालयले प्रायोजकहरू खोजी गरी संकलन भएको रकम पारदर्शी रूपमा परिषद्लाई विवरण उपलब्ध गराउनेदेखि खर्च भई खुद नाफा भएमा सो को १० प्रतिशत रकम परिषद्को आम्दानी खातामा जम्मा गर्नु पर्ने छ ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : २० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको