सेनाले गर्‍यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार « Khabarhub

सेनाले गर्‍यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाई उद्धार गरी थप उपचारका लागि  सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न नेपाली सेनाको श्रीनाथ गणले कुण्डको किनारामा आपत्कालीन अवस्थामा प्रयोग गर्न तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ ।

निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी र गोसाईंकुण्ड मन्दिरका पुजारीसहितको उपस्थितिमा उक्त ट्युब जडान गरेको पनि सेनाले जनाएको छ । रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४७ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली