सेनाले गर्‍यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार | Khabarhub Khabarhub

सेनाले गर्‍यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाई उद्धार गरी थप उपचारका लागि  सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न नेपाली सेनाको श्रीनाथ गणले कुण्डको किनारामा आपत्कालीन अवस्थामा प्रयोग गर्न तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ ।

निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी र गोसाईंकुण्ड मन्दिरका पुजारीसहितको उपस्थितिमा उक्त ट्युब जडान गरेको पनि सेनाले जनाएको छ । रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४७ बजे

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्