निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड | Khabarhub Khabarhub

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।

प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैँ अग्र मोर्चामा उभिने बताए । उनले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको बताए ।

वरिष्ठ पत्रकार तारानाथ दाहालले जेन-जी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेन-जी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने उनको भनाइ थियो । निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उनले बताए ।

समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्नका लागि पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए । तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने उनको भनाइ थियो । 

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताइन् । 

राजनीतिक पार्टीले संविधान संशोधनको एजेन्डालाई लिएर अदालतमा जान सके संसद् पुनः स्थापना हुन सक्नेतर्फ उनको थियो । कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने उनले बताए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताए । उनले भदौ २३ र २४  गतेको घटनालाई पार्टीले सूक्ष्म रूपले अध्ययन गर्नुपर्ने बताए । 

उनले पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उल्लेख गरे  । संविधानलाई जोगाउन निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताए । प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलले  विकल्प दिन नसकेकाले जेन-जी आन्दोलन भएको बताए । संसद् पुनः स्थापनाभन्दा निर्वाचनमै दल जानुपर्ने उनले बताए । उनले आम नागरिकमा आशा जगाउने नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

राजनीतिक विश्लेषक विनोद भट्टराईले पार्टीका नेताभित्र इच्छाशक्ति भए कांग्रेस १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताए । कांग्रेस अहिलेको अवस्थामा यही नेतृत्वलाई लिएर चुनावमा गए पार्टीले सुखद नतिजा ल्याउन नसक्ने बताए ।

समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताए  । 

वरिष्ठ पत्रकार तेजप्रसाद पण्डितले आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेसलाई अगाडि बढाउनुपर्ने बताए। कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले विसं २०५२ मा स्थापना भएको समाजले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसाथ गर्दे अगाडि बढेको बताए । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा राय, सुझाव समेट्ने काम समाजले गरिरहेको उनको भनाइ छ ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरूको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताए  । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ५३ बजे

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको