जर्मनीले उइग्युर महिलालाई चीन सुपुर्दगी गरेपछि डब्लूयूसीले जनायो आपत्ति « Khabarhub

जर्मनीले उइग्युर महिलालाई चीन सुपुर्दगी गरेपछि डब्लूयूसीले जनायो आपत्ति


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीले एक जना उइग्युर महिलालाई चीन सुपुर्दगी गरेको भन्दै विश्व उइग्युर कंग्रेस (डब्लूयूसी) ले आपत्ति जनाएको छ । जर्मनीले रिजवाङ्गुल बेक्रीलाई चीनतर्फ सुपुर्दगी गरेपछि विश्व उइग्युर कंग्रेसले आपत्ति जनाएको हो ।

चीनमा ती महिलाले दुव्र्यवहारको सामना गर्ने जान्दाजान्दै जर्मनीले सुपुर्दगी गरेको डब्लूयूसीको आरोप छ । उक्त संस्थाले यस घटनालाई अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारप्रति जर्मनीको दायित्वको ठाडो उल्लङ्घनको संज्ञा दिएको छ ।

छोरी मुएस्सेरका अनुसार जर्मन अध्यागमनले रिजवाङ्गुललाई चीन पठाएकोबारे स्लाइसिङ्गेन राथाउसका अधिकारीले जानकारी दिएका थिए । उनले शरणका लागि दिएको आवेदन खारेज भएपछि चीन सुपुर्दगी गरिएको जनाइएको छ ।

जर्मनीले उइग्युर समुदायका व्यक्तिलाई चीन पठाएको यो पहिलो घटना नभएको डब्लूयूसीले जनाएको छ । डब्लूयूसीका अनुसार यसअघि सन् २०२२ मा पनि जर्मनीले एक जना २२ वर्षीय उइग्युर पुरुषलाई देश निकाला गरी चीन पठाएको थियो ।

डब्लूयूसीले उनलाई चीन पठाइएको घटनाबारे तत्काल छानबिन गर्नसमेत जर्मन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना