जर्मनीले उइग्युर महिलालाई चीन सुपुर्दगी गरेपछि डब्लूयूसीले जनायो आपत्ति « Khabarhub

जर्मनीले उइग्युर महिलालाई चीन सुपुर्दगी गरेपछि डब्लूयूसीले जनायो आपत्ति


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीले एक जना उइग्युर महिलालाई चीन सुपुर्दगी गरेको भन्दै विश्व उइग्युर कंग्रेस (डब्लूयूसी) ले आपत्ति जनाएको छ । जर्मनीले रिजवाङ्गुल बेक्रीलाई चीनतर्फ सुपुर्दगी गरेपछि विश्व उइग्युर कंग्रेसले आपत्ति जनाएको हो ।

चीनमा ती महिलाले दुव्र्यवहारको सामना गर्ने जान्दाजान्दै जर्मनीले सुपुर्दगी गरेको डब्लूयूसीको आरोप छ । उक्त संस्थाले यस घटनालाई अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारप्रति जर्मनीको दायित्वको ठाडो उल्लङ्घनको संज्ञा दिएको छ ।

छोरी मुएस्सेरका अनुसार जर्मन अध्यागमनले रिजवाङ्गुललाई चीन पठाएकोबारे स्लाइसिङ्गेन राथाउसका अधिकारीले जानकारी दिएका थिए । उनले शरणका लागि दिएको आवेदन खारेज भएपछि चीन सुपुर्दगी गरिएको जनाइएको छ ।

जर्मनीले उइग्युर समुदायका व्यक्तिलाई चीन पठाएको यो पहिलो घटना नभएको डब्लूयूसीले जनाएको छ । डब्लूयूसीका अनुसार यसअघि सन् २०२२ मा पनि जर्मनीले एक जना २२ वर्षीय उइग्युर पुरुषलाई देश निकाला गरी चीन पठाएको थियो ।

डब्लूयूसीले उनलाई चीन पठाइएको घटनाबारे तत्काल छानबिन गर्नसमेत जर्मन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ०९ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक