२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल « Khabarhub

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर १४ तारिख । पुष कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । उपचारकोक्रममा भए लाभ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । ठुला व्यक्तिको सेवामा दिन बित्नेछ । आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृष : दिन सहज छ । थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रयास गरेको हरेक क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट : दिन सहज छ । साथीभाइको साथ मिल्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ । एकल लगानीबाट फाइदा हुने योग छ । गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ । तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्दा फाइदा मिल्नेछ ।

कन्या : दिन राम्रो छ । आम्दानी हुनेछ । साथीभाइसँग कतै रमाइलो गर्न जाने योजना बन्न सक्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ । परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ ।

तुला : कला र गलाको प्रशंसा हुनेछ । परिवारको सल्लाह अनुसार गरेको काममा सफलता  मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिक :  स्वास्थ्यले साथ दिनेछ । बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ । दाम्पत्य जीवन सहज बन्ने योग छ ।

धनु : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । तपाईंको प्रशंसा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । गुरुसँग भेट हुने योग छ । तपाईंका विरोधी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ ।

मकर : दिन राम्रो छ । प्रशंसा गर्नेहरु बढ्नेछन् । मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ । विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ ।

मीन : साथीसँग भेट हुनेछ । मन प्रशन्न हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । आम्दानीका स्रोत खुल्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : १३ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या