अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो « Khabarhub

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो

पदाधिकारीको संख्या बढाउने प्रयास


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो । अध्यक्ष ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बिहान ९ बजेका लागि बोलाइएको हो ।

पार्टी महाधिवेशन अन्तर्गत आइतबारबाट एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । अध्यक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ७ः३० सुरु हुने भनिएको बन्दसत्र दिउँसो १२ : १५ बजेका लागि सरेको हो ।

एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ३५ बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको