त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन विश्वविद्यालयमा आइतबार औपचारिक रूपमा सुरु भएको छ ।

हिमालयन रिम फिल्म एक्जिभिसनले आयोजना गरेको यो प्रदर्शनी  क्षेत्रीय सांस्कृतिक पहलका रूपमा नेपालमा पहिलो पटक आयोजना गरिएको हो । प्रदर्शनीले चिनियाँ एनिमेसन र डिजिटल सिर्जनालाई सीमापार सांस्कृतिक संवादको रुपमा प्रस्तुत गरेको छ। 

‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने नारासहित आयोजित कार्यक्रममा चलचित्र प्रदर्शन, सिर्जनात्मक कार्यशाला, सांस्कृतिक प्रदर्शनी तथा अन्तरक्रियात्मक छलफल हरू समेटिएका छन्। यो प्रदर्शनीको मुख्य  मुख्य लक्ष्य विश्वविद्यालयका विद्यार्थीहरूलाई चिनियाँ प्रविधि र नवप्रवर्द्धन बारे जानकारी दिने र साक्षात्कार गराउने रहेका आयोजकले जानकारी दिएको छ। 

त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागमा आयोजित सो कार्यक्रमको उद्घाटन सत्र आधुनिक प्रविधिमैत्री प्रस्तुतीकरणबाट सुरु भएको थियो ।

एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट तयार गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्र प्रदर्शनपछि पूर्ण रूपमा एआईद्वारा निर्माण गरिएको एनिमेटेड सर्ट फिल्म ‘द स्पिरिट अफ द माउन्टेन्स’ देखाइएको थियो ।

चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने ‘क्वानसिङ तुओ’ (पूर्ण आकारको रबिङ कला) प्रविधिबाट प्रेरित उक्त फिल्मले परम्परागत सांस्कृतिक रूपलाई एआई प्रविधिमार्फत कसरी पुनः व्याख्या गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ। 

फिल्मका निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत कार्यक्रममा सहभागिता जनाउँदै एआई आधारित दृश्य निर्माण प्रक्रियाका बारेमा जानकारी गराएका थिए । 

निर्माता जुनयान ह्वाङले विद्यार्थीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर सत्रमा सहभागी हुँदै कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए । 

यस्तो अन्तरक्रियाले आफूहरूमा उल्लेखनीय उत्सुकता र रोमाञ्चकता सिर्जना गरेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

सो अवसरमा ‘द लिजेन्ड अफ हेइ २’ प्रदर्शन गरिएको थियो, जसले ठूलो संख्यामा विद्यार्थीलाई आकर्षित गरेको थियो। ‘गतिशील स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन’ प्रविधि प्रयोग गरिएको उक्त फिल्मले मानिस र पर्वत, जल, वन, ढुंगा तथा जनावरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने पात्रहरूबीचको सहअस्तित्वको कथा सुनाउँछ । 

प्रकृति र मानवबीचको सामञ्जस्यलाई केन्द्रमा राखिएको यसको पर्यावरणीय सन्देशले विद्यार्थी दर्शकमाझ गहिरो प्रभाव पारेको दर्शकको रुपमा रहेका अधिकांश विद्यार्थीले बताएका छन् ।  

फिल्म प्रदर्शनपछि आयोजित ‘ब्लाइन्ड बक्स’ अन्तरक्रियात्मक गतिविधिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो । जहाँ विद्यार्थीहरूले प्रश्नोत्तर कार्यक्रममा सहभागी बन्दै विभिन्न सामग्री जित्ने अवसर समेत पाएका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कुन्दन अर्याल, नायक प्रदीप खड्का, अभिनेता बुद्धि तामाङलगायतको उपस्थिति रहेको थियो ।

यो प्रर्दशनी तीन दिन विश्वविद्यालय, तीन दिन काठमाडौं विश्व विद्यालय र एक दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ५० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर