सञ्चालनमा आयो नेपालकै पहिलो लन्ड्री लाउन्ज « Khabarhub

सञ्चालनमा आयो नेपालकै पहिलो लन्ड्री लाउन्ज


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले साझेदार क्लासी क्लीनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौंको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ । लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो ।

कम्पनीका अनुसार एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ ।  

कम्पनीका अनुसार यस लन्ड्री लाउन्जको सञ्चालन सीजिका साझेदार क्लासी क्लीनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

ग्राहकले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने कम्पनीले जनाएको छ । साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ।

यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार