नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक « Khabarhub

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको छ । बैंकले ठूलो निक्षेप आधार कायम राखेको र ब्याज आम्दानीमा मजबुत देखिए पनि ‘रिटेन्ड अर्निङ’ भने ऋणात्मक अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।

कात्तिक मसान्तसम्म सो बैंकको कुल पुँजीकोष ६६ अर्ब ८१ करोड १ लाख ६० हजार रुपैयाँ रहेको छ। यसमध्ये चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९० हजार रुपैयाँ रहेको छ । मिलियन रुपैयाँ रहेको छ ।

तर, बैंकको दायित्वतर्फ हेर्दा सो अवधिसम्म कुल निक्षेप ५ खर्ब ५ अर्ब ९१ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ, जसमा मुद्दती निक्षेप २ खर्ब ४६ अर्ब ५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको छ । 

यसैगरी, बैंकको बचत निक्षेप १ खर्ब ५२ अर्ब ४५ करोड ६६ लाख ६० हजार रुपैयाँ र  कल निक्षेप ५९ अर्ब ४ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बैंकको कुल कर्जा तथा अग्रिम भुक्तानी कात्तिक मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३० करोड २६ लाख २० हजार रुपैयाँ रहेको छ भने तरल कोष सो अवधिमा यस अवधिमा ३४ अर्ब ४५ करोड ९६ लाख २० हजार रुपैयाँ छ ।

नाफा र जोखिम व्यवस्थापनको अवस्था

सो बैंकले कात्तिकको अन्त्यसम्म ६३ करोड ९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा मुख्यतया उच्च ब्याज आम्दानीबाट भएको देखिन्छ । 

सो अवधिमा बैंकले ११ अर्ब ४ करोड ४ लाख ५० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमाण बैंकले  ब्याज खर्च ६ अर्ब ६८ करोड ५९ लाख २० हजार रुपैयाँ खर्च गरेको तथ्यांकमा देखिन्छ ।

यद्यपि, बैंकको वित्तीय स्वास्थ्यको महत्त्वपूर्ण सूचक संचित मुनाफा भने सो अवधिमा १ अर्ब २१ करोड ४४ लाख ९० हजार रुपैयाँले ऋणात्मक देखिएको छ । 

जसले गर्दा बैंकले पछिल्लो समय नाफा कमाए पनि विगतका सञ्चित नोक्सानीले गर्दा समग्र सञ्चित मुनाफा अझै सकारात्मक हुन नसकेको देखाउँछ।

बैंकले जोखिम व्यवस्थापनका लागि यस अवधिसम्म ४ अर्ब ९४ करोड १६ लाख ७० हजार रुपैयाँ छुट्याएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्