नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक « Khabarhub

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको छ । बैंकले ठूलो निक्षेप आधार कायम राखेको र ब्याज आम्दानीमा मजबुत देखिए पनि ‘रिटेन्ड अर्निङ’ भने ऋणात्मक अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।

कात्तिक मसान्तसम्म सो बैंकको कुल पुँजीकोष ६६ अर्ब ८१ करोड १ लाख ६० हजार रुपैयाँ रहेको छ। यसमध्ये चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९० हजार रुपैयाँ रहेको छ । मिलियन रुपैयाँ रहेको छ ।

तर, बैंकको दायित्वतर्फ हेर्दा सो अवधिसम्म कुल निक्षेप ५ खर्ब ५ अर्ब ९१ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ, जसमा मुद्दती निक्षेप २ खर्ब ४६ अर्ब ५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको छ । 

यसैगरी, बैंकको बचत निक्षेप १ खर्ब ५२ अर्ब ४५ करोड ६६ लाख ६० हजार रुपैयाँ र  कल निक्षेप ५९ अर्ब ४ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बैंकको कुल कर्जा तथा अग्रिम भुक्तानी कात्तिक मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३० करोड २६ लाख २० हजार रुपैयाँ रहेको छ भने तरल कोष सो अवधिमा यस अवधिमा ३४ अर्ब ४५ करोड ९६ लाख २० हजार रुपैयाँ छ ।

नाफा र जोखिम व्यवस्थापनको अवस्था

सो बैंकले कात्तिकको अन्त्यसम्म ६३ करोड ९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा मुख्यतया उच्च ब्याज आम्दानीबाट भएको देखिन्छ । 

सो अवधिमा बैंकले ११ अर्ब ४ करोड ४ लाख ५० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमाण बैंकले  ब्याज खर्च ६ अर्ब ६८ करोड ५९ लाख २० हजार रुपैयाँ खर्च गरेको तथ्यांकमा देखिन्छ ।

यद्यपि, बैंकको वित्तीय स्वास्थ्यको महत्त्वपूर्ण सूचक संचित मुनाफा भने सो अवधिमा १ अर्ब २१ करोड ४४ लाख ९० हजार रुपैयाँले ऋणात्मक देखिएको छ । 

जसले गर्दा बैंकले पछिल्लो समय नाफा कमाए पनि विगतका सञ्चित नोक्सानीले गर्दा समग्र सञ्चित मुनाफा अझै सकारात्मक हुन नसकेको देखाउँछ।

बैंकले जोखिम व्यवस्थापनका लागि यस अवधिसम्म ४ अर्ब ९४ करोड १६ लाख ७० हजार रुपैयाँ छुट्याएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २७ बजे

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न