मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण « Khabarhub

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गरेका छन् । 

सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे । 

मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे । 

उनले भने, ‘मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडौंसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।’ 

यसैबीच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । 

सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।

निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरूको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भने, ‘कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरूलाई कारबाही गर्छौँ ।’

मन्त्री घिसिङले विभिन्न २०० बढी सडक आयोजना सडक विभागले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । 

तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उनले एक महिनाभित्र काम सुरु नगरे त्यो योजना पनि रद्द गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘काम समयमा गरेको भए देश विकास भइसक्ने थियो, काम नगर्दा देश विकासमा पछाडि परेको छ ।’

व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विकास निर्माणकास सन्दर्भमा मन्त्री घिसिङ समक्ष ज्ञापनपत्र बुझाएका थिए । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : २७ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण