मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा « Khabarhub

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरबीच भेटवार्ता भएको छ । आइतबार वानखेडे स्टेडियममा मेस्सी र तेन्दुलकरबीच भेटवार्ता भएको हो ।

मेस्सीसँगको फोटो सामाजिक सञ्जालमा राख्दै तेन्दुलकरले लेखेका छन्, ‘आजको दिन १०/१० थियो ।’ यो पोस्ट उनले मेस्सीसँगको भेटलाई समर्पित गर्दै गरेका हुन्।

भेटको दौरान, मेस्सी र सचिन एक अर्कासँग आफ्ना खेलकुदका अनुभवहरू, प्रेरणा आदानप्रदान गरेका थिए। भेटमा सचिनले मेस्सीलाई आफ्नो नाम अंकित टिम इन्डियाको विश्वकप जर्सी उपहार दिएका थिए ।

सचिन र मेस्सीबीचको भेटले खेलकुदका दुनियाँभरिका फ्यानहरूलाई एक नया दृष्टिकोण र प्रेरणा प्रदान गरेको छ।

दुई फरक खेलका दिग्गज एउटै मञ्चमा देखिँदा उपस्थित दर्शकहरू उत्साहित बनेका थिए।

वानखेडे स्टेडियममा मेस्सीको आगमनसँगै दर्शकदीर्घाबाट ‘बार्सिलोना, बार्सिलोना’को नारा गुन्जिएको थियो। एफसी बार्सिलोनाबाट लामो समय खेलेका मेस्सीप्रति भारतीय समर्थकहरूको मोह कार्यक्रममा स्पष्ट देखिएको थियो। स्टेडियमभरि मेस्सीको नाममा नाराबाजी भइरहँदा माहोल निकै रोमाञ्चक बनेको थियो।

मेस्सीले कार्यक्रममा सहभागी बालबालिकासँग फुटबल खेलेका थिए भने केही प्रशंसकसँग पेनाल्टी सुटआउटसमेत गरेका थिए। उनले दर्शकतर्फ फुटबल फालेर अभिवादन गर्दा समर्थकहरू झन् उत्साहित बनेका थिए। कार्यक्रममा विभिन्न खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : १२ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक