सरकारसँग ६ माग राखेर ऊर्जा व्यवसायीले पत्रकार सम्मेलन गर्दै  « Khabarhub

सरकारसँग ६ माग राखेर ऊर्जा व्यवसायीले पत्रकार सम्मेलन गर्दै 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग ६ माग राखेर आज ऊर्जा व्यवसायीहरूको अर्को संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले पत्रकार सम्मेलन राखेको छ । 

सञ्चालनमा रहेका ५१० मेगावाट बराबरका ११० वटा जलविद्युत आयोजनाहरू मध्ये अधिकांश जलविद्युत आयोजनाहरू घाटा भएकाले ऋण प्रवाह गर्ने बैङ्कहरूले केही आयोजनाहरूलाई लिलाम गर्ने प्रक्रियामा लगेको विषयमा आफ्नो धारणा राख्तै पत्रकार सम्मेलन गर्ने भएको छ । 

साना जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले साना जलविद्युत् आयोजनाहरुलाई कसरी दिगो सञ्चालन गर्ने र लगानीकर्ताहरूको हितको लागि कसरी आयोजनाहरूलाई सञ्चालन गर्ने भन्ने सिलसिलामा एउटा बहस प्रारम्भ गर्न सम्मेलन राखिएको छ । 

अन्टरप्रेनर्सले पीपीएमा भएका असमानता हटाउन र विद्युत् खरिददर वृद्धि गर्न, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनाको अनुमति पत्रमा भएको ३५ वर्षे बन्देज हटाउन, प्रसारण लाइन र ग्रिड कनेक्सन सम्झौताहरूमा भएका असमानता र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न, पूर्ववतरुपमा जविआहरुको लागि विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पाट्र्स र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागु गर्न र वैकल्पिक व्यवस्था मार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउन माग राख्तै पत्रकार सम्मेलन राखेको छ । 

संस्थाले होटेल होलिडे इन एक्प्रेश, जिम्मु थकाली किचेनमा आज बिहान ८ः३० बजेबाट पत्रकार सम्मेलन राखेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ४३ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली