आज २०८१ साल माघ २ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २ गते बुधबारको राशिफल


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २ गते बुधबार तदनुसार सन् २०२५ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। विश्व भूकम्प दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। आफन्तले तपाईंको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने हुनेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँगको सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ।

सिंह : दिन सहज छ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्नो स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा मन शान्त नहुँदा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। शिक्षामा विपक्षीको साथ मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्।

धनु : ठुलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : मध्यसाढेसाती शनिदशा चलिरहेको छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भइमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मीन : सुरुवाती साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत छ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने आवश्यकता छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ५० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा