विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी | Khabarhub Khabarhub

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । माओवादीको आह्वानमा माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारको कार्यशैली, संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल भइरहेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेका बेला माओवादीले विपक्षीहरूसँग छलफल गरेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ३३ बजे

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार यस्ता छन् 

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी