अब ७ घण्टामै मरुभूमिलाई हरियाली बनाउन सकिने « Khabarhub

अब ७ घण्टामै मरुभूमिलाई हरियाली बनाउन सकिने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– अहिलेको सहारा मरुभूमिमा पहिले ठूला ठूला जङ्गल र घाँसका ठूला मैदानहरू हुने गरेको धेरै वैज्ञानिकहरूले बताएका छन् । तर ग्लोबल वार्मिङका कारण त्यहाँको हरियाली सबै समाप्त भयो ।

वैज्ञानिकहरूका अनुसार विश्वव्यापी वायु परिसंचरण पद्धतिमा अवरोधका कारण मरुभूमिहरू बन्न थालेका हुन । जो सौर्य ऊर्जा सिधै भूमध्य रेखाबाट पृथ्वीमा पुग्छ र हावालाई तताउँछ। जसका कारण बिस्तारै उक्त क्षेत्रमा चिस्यान हराउन थाल्छ । यी क्षेत्रहरू ३० डिग्री अक्षांश वरिपरि रहेका हुन्छन् ।

तर, मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास छ । तर, यसका लागि ठूलो लागत र योजनाबद्ध काम भने गर्नु पर्ने हुन्छ । सिँचाइ र खानेपानी व्यवस्थापनबाट यो सपना साकार पार्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । यसका साथै मरुभूमिको इको सिस्टम अध्ययन गरी आधुनिक प्रविधिको प्रयोग गरी हरियाली भूमि निर्माण गर्न सकिन्छ ।

यसका लागि मरुभूमिमा वृक्षारोपण अभियान चलाएर हरियाली बनाउन सकिनेछ । कम वर्षाको क्षतिपूर्ति कृत्रिम वर्षाको माध्यम पनि अपनाउन सकिन्छ। यसको उदाहरण मक्काको अल बैदा परियोजनामा ​​देखिन्छ, जहाँ मरुभूमि खेतीका विज्ञहरूले भारी वर्षाले सुख्खा र बाँझो जमिनलाई फेरि उर्वर बनाइसकेका छन् । यसले के देखाउँछ भने विश्वका मरुभूमि क्षेत्रलाई हरियाली बनाउने सपना क्रमशः साकार हुँदै छ । 

यसैबीच, नर्वेजियन स्टार्टअप कम्पनी ‘डेजर्ट कन्ट्रोल’ ले ७ घण्टामा मरुभूमिलाई उर्वर बनाउन सकिने प्रविधि विकास गरेको छ । यो प्रविधिको विकासमा नर्वेजियन वैज्ञानिक क्रिस्चियन ओलिसनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

सन् २००० मा क्रिस्चियन ओलिसनले ‘लिक्विड नानोक्ले’ नामक प्रविधि विकास गरेका थिए । यस प्रविधिमा तरल रूपमा माटो तयार गरिन्छ, जसलाई बालुवा वा बलौटे जमिनमा पानी जस्तै छर्किन्छ।

 यो नानोक्ले बालुवामा टाँसिन्छ र पानी र पोषक तत्त्वहरू माथि ल्याउन मद्दत गर्दछ। यस प्रक्रियापछि जमिन बाली लगाउनको लागि तयार हुन्छन् । 

सबैभन्दा महत्त्वपूर्ण कुरायो सम्पूर्ण प्रक्रिया मात्र ७ घण्टामा पूरा हुन्छ । यो प्रविधिले बलौटे जमिनमा बाली लगाउन मात्र नभई आधा पानीमा बिरुवालाई पूर्ण पोषण प्राप्त गर्ने डेजर्ट कन्ट्रोल कम्पनीको दाबी छ । 

कुनै पनि सामान्य सिँचाइ प्रविधि नैनोक्ले छर्न प्रयोग गर्न सकिन्छ। यस प्रविधिले खेतीका लागि आवश्यक स्रोत साधनलाई पनि कुशलतापूर्वक बचत गर्छ।

संयुक्त अरब इमिरेट्सको बलौटे जमिनमा खेती लगभग असम्भव मानिन्छ, त्यसैले यहाँ ९० प्रतिशतभन्दा बढी अन्न र तरकारी अन्य देशबाट आयात हुने गरेको छ । 

यसैलाई ध्यानमा राख्दै नर्वेजियन कम्पनीले २०१८ मा दुबई इन्टरनेशनल सेन्टर फर बायोसलाइन एग्रिकल्चर (आईसीबीए) सँग साझेदारी गरी दुबईमा प्रयोग सुरु गरेको थियो ।

यो प्रविधिले मरुभूमि क्षेत्रलाई हरियालीमा परिणत गर्न ठूलो सफलता हासिल गरिसकेको छ । –न्युजकारखानाबाट

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ३८ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी