वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ६ महिनामा अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता घट्न पुगेको छ ।

उद्योग वाणिज्य विभागको तथ्यांकअनुसार अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा १ अर्ब ५५ करोड ९१ लाख बढीले घटेको हो । सङ्ख्यात्मक रूपले भने अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा उद्योग खोल्ने प्रतिबद्धताको सङ्ख्यामा वृद्धि भएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको  पहिलो ६ महिनामा नेपालमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४०० बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको यस्तो प्रतिबद्धता आएको थियो ।

पछिल्लो २ वर्षको तथ्यांकलाई हेर्दा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको देखिएको छ । चालु आवमा नेपालको पर्यटन क्षेत्रमा १४५ वटा उद्योगमा १२ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । 

जुन सो अवधिमा आएको कुल विदेशी लगानी प्रतिबद्धताको ६२ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रमा यस्तो प्रतिबद्धता कुल लगानीको ३० प्रतिशत आएको थियो ।

त्यस्तै विदेशी लगानीको दोस्रो रोजाइको क्षेत्र सेवा क्षेत्र देखिएको छ । चालु आवमा नेपालको सेवा क्षेत्रमा कुल विदेशी लगानीको २३ प्रतिशत अर्थात् ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ बढीको आएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता आएको थियो ।

तर, चालु आवमा सङ्ख्यात्मक हिसाबले भने विदेशी लगानीको दोस्रो आकर्षण सूचना प्रविधि क्षेत्रमा रहेको देखिएको छ । सो क्षेत्रमा समीक्षा अवधिमा १०६ वटा उद्योगमा लगानीको प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा ३ वटा ठूला उद्योग, ४ वटा मध्यम स्तरका उद्योग र ३१२ वटा साना उद्योग सञ्चालन गर्ने नाममा विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रतिबद्धता क्रमशः ३, १२ र २११ वटा आएको थियो ।

 चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता जनाउनेले ९ हजार २०६ जनालाई रोजगार दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ४७ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार