वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ६ महिनामा अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता घट्न पुगेको छ ।

उद्योग वाणिज्य विभागको तथ्यांकअनुसार अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा १ अर्ब ५५ करोड ९१ लाख बढीले घटेको हो । सङ्ख्यात्मक रूपले भने अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा उद्योग खोल्ने प्रतिबद्धताको सङ्ख्यामा वृद्धि भएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको  पहिलो ६ महिनामा नेपालमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४०० बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको यस्तो प्रतिबद्धता आएको थियो ।

पछिल्लो २ वर्षको तथ्यांकलाई हेर्दा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको देखिएको छ । चालु आवमा नेपालको पर्यटन क्षेत्रमा १४५ वटा उद्योगमा १२ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । 

जुन सो अवधिमा आएको कुल विदेशी लगानी प्रतिबद्धताको ६२ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रमा यस्तो प्रतिबद्धता कुल लगानीको ३० प्रतिशत आएको थियो ।

त्यस्तै विदेशी लगानीको दोस्रो रोजाइको क्षेत्र सेवा क्षेत्र देखिएको छ । चालु आवमा नेपालको सेवा क्षेत्रमा कुल विदेशी लगानीको २३ प्रतिशत अर्थात् ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ बढीको आएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता आएको थियो ।

तर, चालु आवमा सङ्ख्यात्मक हिसाबले भने विदेशी लगानीको दोस्रो आकर्षण सूचना प्रविधि क्षेत्रमा रहेको देखिएको छ । सो क्षेत्रमा समीक्षा अवधिमा १०६ वटा उद्योगमा लगानीको प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा ३ वटा ठूला उद्योग, ४ वटा मध्यम स्तरका उद्योग र ३१२ वटा साना उद्योग सञ्चालन गर्ने नाममा विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रतिबद्धता क्रमशः ३, १२ र २११ वटा आएको थियो ।

 चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता जनाउनेले ९ हजार २०६ जनालाई रोजगार दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ४७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा