पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु | Khabarhub Khabarhub

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।  

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागिबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । 

आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए । 

सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् । 

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । 

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ३७ बजे

६ करोड ४५ लाख शेयरमा ठगी गरेको आरोपमा लगानीकर्ता अग्रवाल पक्राउ 

काठमाडौं– शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको

अर्थमन्त्री र चीनको सिड्का अध्यक्षबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास

बालेन शासनका तीन वर्ष : कति भयो विकास खर्च ?

काठमाडौं– निक्कै लामो रस्साकस्सीपछि काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०८२/८३

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका छन् । आगामी

विरोधीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री