‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव « Khabarhub

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलरबार गीत ‘ग्रीन कार्ड’ सार्वजनिक गरेको हो ।

दीपक शर्माको शब्द, संगीत र डेबिट शंकरको स्वरको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।

गीतमा फिल्मका मुख्य कलाकार विनयलाई अमेरिकाको भिसा लागेपछि गाउँलेले खुसी मनाएको दृश्य देख्न सकिन्छ । यो भिडियो गाउँलेले विनयलाई अमेरिका बिदाइ गर्दाको घटनामा केन्द्रित छ ।

यस भिडियोबाट विनयले फिल्ममा सोझो र मसिनो स्वर भएको ग्रामिण युवकको भूमिका निर्वाह गरेको थाहा पाउन सकिन्छ ।

यो फिल्म ‘रेशम फिलिली’को दोस्रो सिक्वेल । २०७२ वैशाख ११ गते यस पहिलो श्रृङ्खला प्रदर्शनमा आएको थियो । प्रदर्शनको भोलिपल्ट भूकम्प गएकाले व्यापार प्रभावित बनेको थियो ।

एक दशकपछि यो फिल्मको दोस्रो सिक्वेल निर्माण गरिएको हो । दोस्रो श्रृङ्खलामा निर्देशक प्रनव जोशी र नायिका मेनुका प्रधानको दोहोरिएका छन् ।

निर्देशकमा निरोज महर्जन र नायिकामा सुपुष्पा भट्टको प्रवेश भएको हो । अन्य मुख्य कलाकार दोहोरिएका छन् ।

फिल्ममा विनय, सुपुष्पासहित, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, मेक्सम गौडेल र प्रकाश घिमिरेलगायतको अभिनय रहने बताइएको छ ।

सिनेमा आर्ट र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज नै हुन् । फिल्मका निर्माता रौनक विक्रम कँडेल छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : २६ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो