माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय « Khabarhub

माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा सभासहितको भव्य कार्यक्रम गर्ने निर्णय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

नेताहरूको कार्य व्यस्तताका कारण मोर्चा सुस्त भएको समीक्षा गर्दै मोर्चालाई सशक्त रूपमा अघि बढाउने निर्णय गरिएको उनले बताए । उनले मोर्चाका सबै गतिविधि र कामको समीक्षा गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको र माघ १२ गतेभित्र शीर्ष तहमा प्रतिवेदन हस्तान्तरण गर्ने जानकारी दिए ।  

त्यस्तै बैठकमा सरकारको पछिल्ला क्रियाकलापका विषयमा छलफल भएको र संसद् छलेर सरकार अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका देखिएको विश्वकर्माले बताए । यसअघि समाजवादी मोर्चाको पछिल्लो बैठक साउन ६ गते बसेको थियो । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ०९ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले