दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै « Khabarhub

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत दोलखाका १०देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले जानकारी दिए ।

बुधबार वैतेश्वर गाउँपालिकाका विद्यालयहरुमा सञ्चालन हुने खोप कार्यक्रमको तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उनले खोप सञ्चालनको बारेमा जानकारी गराएका हुन। वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलको अध्यक्षयता तथा वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयता संचालित एक दिने खोप सम्बन्धि अभिमुखी कार्यक्रममा उनले सम्बन्धि विद्यालयमै खोप केन्द्र रहनेगरि २२ माघ देखि २८ माघसम्म क्यान्सर विरुद्धको खोप लगाइने बताए।

दोलखाका दुई नगरपालिका सहित सात गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म खोप कार्यक्रम तयार गरिएको उनले बताए । जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका २९ विद्यालय केन्द्रित कक्षा ६ देखि १० सम्मका १४ सय ८१ जना विद्यार्थी छात्रा तथा किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ।

त्यसैगरी माघ २२ देखि २५ गतेसम्म जिरी नगरपालिका १० विद्यालय केन्द्रित खोप केन्द्रमा पाँच सय एघार जना,कालिञ्चोक गाउँपालिकाका २१ विद्यालयका नौ सय ११ जना,गौरीशंकर गाउँपालिकाका १४ वटा विद्यालयका पाँच सय ३६ जना,तामाकोशी गाउँपालिकामा रहेका १९ विद्यालय केन्द्रित खोप केन्द्रमार्फ पाँच सय ६६ जना किशोरीलाई २२माघ देखि २५ माघसम्म पाठेघरको मुख क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने छ।

त्यसैगरी जिल्लाको वैतेश्वर गाउँपालिका भित्रका १७ वटा विद्यालय केन्द्रित खोप केन्द्रमा पाँच सय ८४ जना,मेलुङ गाउँपालिका १६ वटा विद्यालय तथा अन्यगरि पाँच सय ९७ जना,विगु गाउँपालिका भित्रका २० वटा विद्यालय केन्द्रित खोप केन्द्रमा सात सय ४० जना र जिल्लाको शैलुङ गाउँपालिका भित्र रहेका १३ वटा विद्यालय केन्द्रित खोप केन्द्र र अन्य सहित छ सय जना किशोरीहरुगरि जिल्लाभरका जम्मा छ हजार पाँच सय ३० जना विद्यालय छात्रा किशोरी तथा विद्यालय नजाने किशोरीहरुलाई खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी भाटले बताए।

उनका अनुसार कक्षा ६ मा अध्यनरत एक हजार तिन सय ४४ जना,कक्षा ७ देखि १० सम्मका पाँच हजार एक सय एक जना र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ९१ जना किशोरीलाई खोप लगाइने छ ।

कार्यालयले खोप लगाउन खोप केन्द्र सम्बन्धि विद्यालयमा एक सय ५९ र अन्य स्वस्थ्य संस्थामा ७० वटागरि दुई सय २९ वटा खोप केन्द्रमार्फ सम्बन्धि पालिका स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरुलाई खोप कर्ताको रूपमा खटाउने भएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : २६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।