काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर « Khabarhub

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।

यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।

विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।

त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन्‌ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसो/सुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।

चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ ।

फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।

पश्चिमी वायु सक्रिय भएका बेला माघ पहिलो सातातिर केही वर्षा हुन्छ । अन्य समयमा पनि आक्कलझुक्कल वर्षा भए पनि वायुमण्डलमा रहेको प्रदूषणको तह नै निखार्नेगरी बारम्बार झरी पर्दैन ।

माघदेखि तापक्रम बढ्न थाले पनि वर्षा कम हुने हुँदा उपत्यका, तल्लो उचाइका नदी किनार तथा तराई क्षेत्रको आकाशबाट तत्कालै धुवाँ धुलोको तह हट्दैन ।

जनस्वास्थ्यविद्‌हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्‍याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्‌ । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।

यहीकारण हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिने गरेका हुन्‌ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ०० बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश