दुर्घटनामा एकको मृत्यु, एकजना घाइते « Khabarhub

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पर्वत – बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् ।

उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध१च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उनले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : २९ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै