आज २०८१ साल चैत २ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ मार्च १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। काम गर्दा सचेत बन्नुपर्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ।

वृष : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मिथुन : परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्या : हरेक काम सहजै बन्नेछन्। साथीभाइको साथमा काम सहजै बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ।

तुला : समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीका स्रोत राम्रा छन्। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। स्वास्थ्यमा समस्या देखिनेछ।

धनु : दिन सामान्य छ। लगानीका क्षेत्रमा घाटा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शरीरमा आलस्य बढ्नेछ। परिवारले तपाईंको अवस्था विपरित कुरा गर्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ।

मकर : साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। शनि अनुकुल भएमा मनमा शान्ति मिल्नेछ। एकल निर्णय आजको लागि घातक हुनेछ।

मीन : मनमा चिन्ता मिल्नेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ०४ बजे

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान