वन डढेलो सचेतना सप्ताह सुरु « Khabarhub

वन डढेलो सचेतना सप्ताह सुरु


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ ।

सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख वसन्त केशव अधिकारीले बताए ।

जसअन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका गरिने जनाइएको छ ।

कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताए ।

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोको उच्च जोखिम भएका जिल्लाहरू मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) १६ औँ  स्थानमा रहेको छ ।

जिल्लामा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन छन् । जिल्लाको कुल भूभागको ५८ प्रतिशत वन क्षेत्रले ढाकेको  छ । 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ३७ बजे

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र