रोहितको सफल नेतृत्वले क्रिकेटमा भारतको दबदबा | Khabarhub Khabarhub

रोहितको सफल नेतृत्वले क्रिकेटमा भारतको दबदबा

आइसिसी प्रतियोगिताका सफल ब्याट्सम्यानको नेतृत्वमा भारतीय टोली


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

च्याम्पियन्स ट्रफीको केही समय अघि अस्ट्रेलियासँगको टेस्ट शृङ्खलामा रोहित शर्माको फर्मले भारतीय समर्थकलाई निराश बनाएको थियो। उनले सन्न्यास लिने हल्ला मात्र चलेन, च्याम्पियन्स ट्रफीमा उनको विकल्पको बारे समेत चर्चा चल्न थालेको थियो। तर प्रशिक्षक गौतम गम्भीरको भने उनी प्रति पूर्ण विश्वास थियो। सोही विश्वासका कारण भारतीय टोलीको नेतृत्व रोहितले नै गरे।

प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको भारतले तेस्रो पटक च्याम्पियन्स ट«फीको उपाधि जित्यो। यो उपाधि यात्रामा रोहित कप्तान र प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा उत्तिकै सफल भए।

न्युजिल्यान्डसँगको फाइनलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भए। यसपछि एउटा चर्चा चलेको छ। आइसिसी प्रतियोगितामा उनी नै उत्कृष्ट ब्याट्सम्यान हुन्। यसका लागि उनको यात्रालाई १८ वर्ष पछि फर्केर क्रिकेटका पण्डितले समीक्षा गरेका छन्।

सन् २००७ मा जोहन्सवर्गमा पहिलो टी-२० विश्वकपको फाइनल भारत र पाकिस्तानको खेल भएको थियो। रोहित शर्माको त्यो छैटौँ अन्तर्राष्ट्रिय खेल थियो। उनी छैटौँ क्रममा ब्याटिङ गर्न आएका थिए। उनले १६ बलको सामना गर्दै ३० रन प्रहार गरे। १८ ओभरसम्म भारत हाबी भएको खेलमा रोहितले दुई चौका र एक छक्का प्रहार गरेपछि अन्तिम दुई ओभरमा भारतले २७ रन जोडेको थियो। सोही रनका कारण टोलीको योगफल १५७ पुगेको थियो।

सन् २०१५ मा मेलबर्नमा भारत र बङ्गलादेशको क्वार्टर फाइनल खेल भइरहेको थियो। सो खेलको मिडिल ओभरमा भारतले लगातार विकेट गुमाइरहेको थियो। त्यस समयमा अन्तिमसम्म टिकेर रन रेट पनि झर्न नदिनु रोहितको दायित्व थियो। यो योजनामा सफल उनले १२६ बलमा १३७ रन प्रहार गरे।

९० रनको व्यक्तिगत स्कोर हुँदा उनी क्याच आउट भएका थिए। तर त्यसलाई नोबल दिइएको थियो। त्यसपछि उनले २५ बलमा ४७ रन प्रहार गरे। भारतीय टोली ३०२ रनको योगफल खडा गर्न सफल भयो।

त्यसको दुई वर्षपछि सन् २०१७ मा बर्मिङघममा भारत र बङ्गलादेश बीचमा च्याम्पियन्स ट्रफीको सेमिफाइनल भएको थियो। त्यो खेलमा पनि रोहितले १२९ बलमा अविजित १२३ रनको योगदान गरे। २६५ रनको लक्ष्य पछ्याएको भारतका लागि उनले विराट कोहलीसँग मिलेर १७८ रनको साझेदारी गरे। उनले शतक प्रहार गर्ने क्रममा बललाई १६ पटक बाउन्ड्री पार गराएका थिए।

सन् २९२३ को एक दिवसीय विश्वकपमा न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारत दबाबमा थियो। अघिल्लो विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई नै हराएको थियो। सन् २०२२ को टी-२० विश्वकपको सेमिफाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो। यी दुवै खेलमा भारतले खराब सुरुवात गरेको थियो।

सन् २०२३ को विश्वकप भने फरक रहेको थियो। सो खेलको सुरुवातमा नै रोहितले चार छक्का प्रहार गरे। पहिलो पावर प्ले सकिँदा रन रेट ९ को थियो। रोहितले २९ बलमा ४७ रन जोडे। सोही विश्वकपको फाइनलमा रोहितले ३१ बलमा ४७ रन जोडेका थिए। यसका बाबजुद उनी आउट भएपछि अन्य ब्याट्सम्यान प्रभावकारी नभए पछि भारत उपाधि जित्न असमर्थ भएको थियो।

सन् २०२४ मा गुयनामा भारत र इंग्ल्यान्डको सेमिफाइनल खेल भएको थियो। सुरुवातमा नै विराट कोहली र ऋषभ पन्त गुमाएका कारण भारत समस्यामा थियो। रोहितले अर्को शानदार पारी खेले। उनले सानदार पारी खेल्दै ३९ बलमा ५७ रन जोडे। भारत १७१ रनको योगफल खडा गर्न सफल भयो।

दुबईमा न्युजिल्यान्डसँगको च्याम्पियन्स ट्रफीमा भारतले अर्को सानदार पारी खेलेका थियो। उनले ८३ बलमा ७६ रन जोडेपछि भारतले सहजै २५२ रनको लक्ष्य पुरा गरेको थियो।

पछिल्लो २४ खेलमा भारतले २३ खेलमा सफलता पाएको छ। भारत अन्तिम पटक सन् २०२३ को विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो। त्यसै हारले १० खेलको अपराजित शृङ्खलालाई रोकेको थियो। त्यसपछि भएका टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीमा अपराजित हुँदै उपाधि जितेको थियो। यदि भारतले विश्वकपको फाइनलमा अस्ट्रेलियालाई हराउन सकेका थियो भने तीन आइसिसी प्रतियोगिताको ट्रफी आफूसँग राख्ने थियो।

सन् २०२३ देखि २०२५ मा भारतले आइसिसीमा गरेको प्रदर्शन अहिलेसम्मकै सबैभन्दा दबदबापूर्ण समय हो। यस भन्दा अघि सन् १९७५ देखि १९८३ सम्म भएको तीन वटै एक दिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको वेस्ट इन्डिजले सुरुका दुई संस्करणमा उपाधि जितेको थियो। १७ खेलमा १५ मा जित हात पारेको थियो।

सन् १९८३ विश्वकपको फाइनलमा भने भारतसँग वेस्ट इन्डिज फाइनलमा दुई पटक पराजित भएको थियो। अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा समेत गरी लगातार तीन पटक एक दिवसीय विश्वकप जितेको थियो।

सन् २००६ मा भएको च्याम्पियन्स ट्रफी पनि अस्ट्रेलियाले जितेको थियो। सन् २००३ र २००७ को विश्वकपको उपाधि अस्ट्रेलियाले अपराजित भएर जितेको थियो।

अस्ट्रेलियाले ४४ खेलमा ३७ मा सफलता पाएको थियो। ६ खेलमा पराजयको सामना गरेको थियो। अस्ट्रेलियाको नेतृत्व गरेका रिक्की पोन्टिङको कप्तानको रूपमा आइसिसी ट्रफीमा रेकर्ड ३०-३ को छ। सन् २०१९ को एक दिवसीय विश्वकप तथा सन् २०२२ को टी-२० विश्वकप गरी इङ्गल्यान्डले लगातार दुई आइसिसी उपाधि जितेको थियो। त्यो दबदबापूर्ण थिएन। त्यस टोलीले २३ खेलमा ६ हारको सामना गरेको थियो।

भारतको तीन आइसिसी प्रतियोगितामा नेतृत्व गरेको रोहित शर्माको कप्तानको रूपमा कीर्तिमान २७ जित र तीन हारको छ। यो आफैमा सफलता हो। उनले आइसिसीका प्रतियोगितामा २७ खेलमा जित हात पारेका छन्। एमएस धोनीले क्यारियरमा कप्तानको रूपमा ४१ तथा रिक्की पोन्टिङले ४० खेलमा जित दिलाएका छन्।

आइसिसीको सीमित ओभरको प्रतियोगितामा कप्तानको रूपमा ४ जनाले ४ उपाधि आफ्नो टोलीलाई जिताएका छन्। यसमा ५ भन्दा बढी टोली सहभागी प्रतियोगिता गणना गरिएको छ। यसरी उपाधि दिलाउने रिक्की पोन्टिङ, इमरान खान, महेन्द्र सिंह धोनी र रोहित शर्मा हुन्। शर्माको नेतृत्वमा भारतले सन् २०१८ को एसिया कप उपाधि पनि जितेको थियो।

कप्तानको रूपमा सबैभन्दा धेरै हार र जीतको कीर्तिमान र रोहितको यो सफलतामा पहिलो १० ओभरको प्रदर्शन नै मुख्य हो। सन् २०२२ को फेब्रुअरी यता भारतले पहिलो १० ओभरमा ८७ को दरले रन बटुलेको छ। यो नै अन्य टोलीलाई पछि पार्ने मुख्य आधार बनेको छ। अन्य टोलीको स्ट्राइक रेट ८०.९३ छ भने भारतको हकमा फरक छ। यस अवधिका सफल ब्याट्सम्यान शुभमन गिलले यसबीचमा ९४.२२ को स्ट्राइक रेटमा ११२६ रन प्रहार गरेका छन्। यस समयमा रोहितको स्ट्राइक रेट ११९.६२ छ।

यी दुईको साथमा श्रेयार ऐयार, विराट कोहली र लोकेश राहुल ५ जना मिलेर २१ एक दिवसीय खेल खेले। यसमा १८ जित र दुई हारको नतिजा पाए। तीन अलराउण्डर हार्दिक पाण्डे, अक्षर पटेल र रवीन्द्र जडेजाको प्रदर्शनले भारतको ब्याटिङ अझ विशेष बनेको छ। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ७ : २२ बजे

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा

दूध बेचेर मासिक दुई लाख कमाइ 

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत

बारीमा उम्रिएको च्याउ खाँदा दशजना बिरामी

तनहुँ– बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु

डडेल्धुरा– चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको