कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित « Khabarhub

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।

डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताए। उनका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ ।

विपद् जोखिम आकलन गरी त्यसबाट सम्भावित क्षति हुन नदिन कमाण्ड पोष्टको बैठक बसेर जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलगायत सबै सरोकार भएका निकायसँग समन्वय गरेर उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार बेलुका ५ः०० बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहँदा पहिरो जाने खतरा रहेकाले आजलाई सवारी आवागमन रोक्न प्रहरी खटाइएको बताए। 

मुगुमा टेलिफोनको नेटवर्क र प्रहरी सञ्चार राम्रोसँग नलागेको बताउँदै उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर केही जोखिमपूर्ण घटना घटे समाधान र उद्धारका लागि सरोकार भएका निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताए। 

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले हिमपातले नाम्खा गाउँपालिको हिल्सा, लिमी, लाप्चाको बाटो बन्द भएको जानकारी दिए । 

जोखिम क्षेत्रका बासिन्दालाई यो वर्षा र हिमपातको तीन दिनमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताउँदै उनले कमाण्ड पोष्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकार भएका निकाय खोज तथा उद्धारका लागि तयारी रहने निर्णय गरिएको जनाए । 
 

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  २ : ४३ बजे

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई