उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह « Khabarhub

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । वर्षासँगै बागमती, धोबीखोला, विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेको हो ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढिरहेको छ ।

त्यस्तै, केही करिडोर सडक क्षेत्रमा पानी जम्दा सवारी आवागमनमा समेत समस्या भएको छ ।

महाशाखाले नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्र, खोला किनारका सडक र जोखिमयुक्त नदी आसपासका क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।

महाशाखाले सम्भावित जोखिमबाट बच्न नदी तथा खोलाको बहावबारे सतर्क रहन र आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  २ : ५९ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा