कार्नीले सम्हाले क्यानडाको सत्ता « Khabarhub

कार्नीले सम्हाले क्यानडाको सत्ता


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता सम्हालेका छन् । शुक्रबारबाट शासन सुरु गरेका उनले कहिल्यै पनि क्यानडा अमेरिकाको अङ्ग नहुने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्यानडाको व्यापार युद्ध सुरु भएको अवस्थामा उनी लिबरल पार्टीको नेताको रूपमा सत्ता सम्हाल्न पुगेका हुन् ।

लिबरल पार्टीको निर्वाचनमा सफलता पाएपछि उनले ९ वर्षदेखि सत्ता चलाएका जस्टिन ट्रेडेउलाई विस्थापित गरेका हुन् । उनले अमेरिका र क्यानडा भिन्न देश भएकाले त्यो एउटै हुने कुनै सम्भावना नरहेको बताए ।

उनले अक्टोबर महिनामा हुने क्यानडामा आम निर्वाचन मार्फत बलियो म्यान्डेटको प्रतीक्षामा रहेको बताए । उनले पहिलो निर्णयको रूपमा विपक्षीले सबै भन्दा बढी आक्रमण गरेको विषयलाई सम्बोधन गरे । ट्रेडेउले वातावरणलाई ध्यानमा राख्दै ‘कन्जुमर कार्बन प्राइसिङ’ कार्यक्रम ल्याएका थिए । यसले मुद्रास्फीति बढाएको भन्दै त्यो कार्यक्रम अलोकप्रिय भएको थियो ।

अबको संसदीय निर्वाचनमा भने कार्नीको मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ नेता पियरे पोलिभ्रे हुने छन् । यो करको घोषणा भन्दा अघि कन्जरभेटिभ पार्टी सर्वेक्षणमा २० प्रतिशतले अघि थियो । अहिले नजिकिएका छन् ।

पोलिभ्रले लिबरल पार्टी चौथो कार्यकालका लागि हकदार नभएको बताए । उनले आफू निर्वाचित भए सिधै अमेरिकी राष्ट्रपति ट्रम्पको मुकाबिला गर्ने बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : १४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट