बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने « Khabarhub

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने भएका छन् । जनवरीको सुरुवातदेखि ढाडको समस्यासँग सङ्घर्ष गरिरहेका उनी अप्रिल महिनामा फर्कने अनुमान गरिएको छ ।

सिड्नीमा ४ जनवरीका दिन बोर्डर गावस्कर शृङ्खलाको अन्तिम टेस्टको दोस्रो दिन उनले समस्याको महसुस गरेका थिए । त्यसपछि उनी मैदान बाहिर छन् । बुमराहले च्याम्पियन्स ट्रफी समेत गुमाएका थिए ।

मार्च २०२३ मा पनि उनको ढाडमा समस्या आएपछि शल्यक्रिया गरिएको थियो । च्याम्पियन्स ट्रफीका लागि पनि सुरुवाती टोलीमा नाम रहेका उनी अन्तिम समयमा टोलीबाट फिर्ता भएका थिए ।

मुम्बईले पहिलो खेल चेन्नाई सुपर किङसँग २३ मार्चमा चेन्नाइमा खेल्ने छ । दोस्रो खेल २९ मार्चमा अहमदाबादमा गुजरात टाइटानसँग खेल्ने छ । ३१ मार्चमा मुम्बईले कलकत्ता नाइट राइडर्ससँग घरेलु भूमिमा खेल्ने छ । मुम्बईले ४ अप्रिलमा लखनउमा लखनउ सुपर जेन्ट्ससँग तथा ७ अप्रिलमा घरेलु भूमिमा रोयल च्यालेन्जर बंगलोरसँग खेल्ने छ ।

उनीसँग काम गरी रहेका सेन बोन्डले भने बुमराहले लापरबाही गरेर फेरि ढाडको समस्या बल्झिएमा क्यारियरको अन्त्य हुन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ४० बजे

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड