बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने | Khabarhub Khabarhub

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने भएका छन् । जनवरीको सुरुवातदेखि ढाडको समस्यासँग सङ्घर्ष गरिरहेका उनी अप्रिल महिनामा फर्कने अनुमान गरिएको छ ।

सिड्नीमा ४ जनवरीका दिन बोर्डर गावस्कर शृङ्खलाको अन्तिम टेस्टको दोस्रो दिन उनले समस्याको महसुस गरेका थिए । त्यसपछि उनी मैदान बाहिर छन् । बुमराहले च्याम्पियन्स ट्रफी समेत गुमाएका थिए ।

मार्च २०२३ मा पनि उनको ढाडमा समस्या आएपछि शल्यक्रिया गरिएको थियो । च्याम्पियन्स ट्रफीका लागि पनि सुरुवाती टोलीमा नाम रहेका उनी अन्तिम समयमा टोलीबाट फिर्ता भएका थिए ।

मुम्बईले पहिलो खेल चेन्नाई सुपर किङसँग २३ मार्चमा चेन्नाइमा खेल्ने छ । दोस्रो खेल २९ मार्चमा अहमदाबादमा गुजरात टाइटानसँग खेल्ने छ । ३१ मार्चमा मुम्बईले कलकत्ता नाइट राइडर्ससँग घरेलु भूमिमा खेल्ने छ । मुम्बईले ४ अप्रिलमा लखनउमा लखनउ सुपर जेन्ट्ससँग तथा ७ अप्रिलमा घरेलु भूमिमा रोयल च्यालेन्जर बंगलोरसँग खेल्ने छ ।

उनीसँग काम गरी रहेका सेन बोन्डले भने बुमराहले लापरबाही गरेर फेरि ढाडको समस्या बल्झिएमा क्यारियरको अन्त्य हुन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ४० बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका