बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल « Khabarhub

बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् ।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बीआरआईबाट फाइदा दिदैँ यसलाई विकास र समृद्धिको अवसरको रुपमा लिनुपर्ने बताए । बीआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको उनले बताए ।

खनालले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बीआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राखे । बीआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बीआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए। चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उनले आयातमा समेत चीन निकै अगाडि रहेको जानकारी दिए । उनले बीआरआईका कुनै अन्यौलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिए ।

उनले अहिले विद्तिय सवारी साधनमा चीन विश्वकै धेरै उत्पादन गर्ने मुलुक बन्न सफल भएको बताए । कार्यक्रममा नेपालमा बीआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो । 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १ : १२ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती