जंगली च्याउ खाँदा एकै घरका १० जना बिराम « Khabarhub

जंगली च्याउ खाँदा एकै घरका १० जना बिराम


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँमा जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्।

म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्‍याएका थिए। फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा ल्याएर भर्ना गरिएको छ। बिरामी पर्नेमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा रहेका छन्।

यस्तै, आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।

उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या छ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  २ : ११ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द