दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की « Khabarhub

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताएका छन् ।
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमसम्म तारतम्य मिल्ने र यसले विकासलाई सही ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
  
उनले भने, ‘हाम्रा आवधिक योजना र नीतिहरू एकातिर सरकारका वार्षिक नीति र कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई मिलाएर अगाडि लैजानुपर्ने अवस्था छ ।’ 

जलवायु परिवर्तनले गर्दा विकास निर्माण नीति बनाएर नै गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताए। 

विपत्ति र जलवायु परिवर्तनको जोखिमलाई आँकलन गरेर नीति बन्नुपर्ने कुरामा ध्यान जानुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसमा ध्यान दिनसके हाम्रा योजना सफल हुने बताए। सडक र पुल बनाउनेबित्तिकै भत्किने अहिलेको अवस्था रहेकाले पनि पूर्वाधार नीति आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औँल्याए ।

मुख्यमन्त्री कार्कीले विपद् र जलवायु परिवर्तनलाई ध्यानमा राखी पूर्वाधार नीति राम्रो बनाउनुको विकल्प नभएको बताए । पूर्वाधार नीति तर्जुमा गोष्ठीमा कोशी प्रदेश सरकारका मन्त्री, सचिव एवं विज्ञहरूको सहभागिता छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  २ : ४० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील