बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा « Khabarhub

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी गरिरहेको समाजवादी मोर्चा, नेपाल बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्शमा जुटेको छ । 

शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चा कुपण्डोलस्थित होटल हिमालयमा बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्शमा जुटेको हो । 

बुद्धिजीवी र नागरिक समाजसँगको परामर्श सम्पन्न भएलगत्तै मोर्चाले आजै (शनिबार) पत्रकार सम्मेलन गरेर चैत १५ का लागि तय गरिएको बृहत् विरोध सभाबारे जानकारी दिने तयारी गरेको छ ।

राजावादीका पछिल्ला गतिविधिबाट झस्किएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले गठन गरेको मोर्चाले यसअघि नै बृहत् विरोध सभाको घोषणा गरिसकेको थियो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपाले संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  २ : ४६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका