बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा « Khabarhub

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी गरिरहेको समाजवादी मोर्चा, नेपाल बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्शमा जुटेको छ । 

शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चा कुपण्डोलस्थित होटल हिमालयमा बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्शमा जुटेको हो । 

बुद्धिजीवी र नागरिक समाजसँगको परामर्श सम्पन्न भएलगत्तै मोर्चाले आजै (शनिबार) पत्रकार सम्मेलन गरेर चैत १५ का लागि तय गरिएको बृहत् विरोध सभाबारे जानकारी दिने तयारी गरेको छ ।

राजावादीका पछिल्ला गतिविधिबाट झस्किएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले गठन गरेको मोर्चाले यसअघि नै बृहत् विरोध सभाको घोषणा गरिसकेको थियो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपाले संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  २ : ४६ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी