सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा  « Khabarhub

सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा 


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा तीव्र रुपमा बढ्दै गएको असन्तुष्टि र आक्रोशले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र समाजवादको यात्रामा चुनौती देखा परेको जनाएको छ । 

राजावादी शक्तिहरूको फागुन २५ को प्रदर्शनपछि हच्किएको मोर्चाले चैत १५ गतेका लागि तय गरेको बृहत् विरोध सभाबारे जानकारी दिए शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारमाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएको हो । 

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मनोमानी, जनहितविपरितका क्रियाकलापका कारण नागरिकमा उत्पन्न असन्तुष्टिलाई देखाएर प्रतिगामी शक्तिले राजतन्त्र पुनर्स्थापनाका लागि षड्यन्त्र गरिरहेको मोर्चाको ठहर छ । 

‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।  

देशको विषम परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व समाजवादी मोर्चाले गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको विज्ञप्तिमा उल्लेख छ ।  

‘यसका लागि चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको छ । सभामा सहभागी भइ समाजवादी मोर्चा, नेपालमा सम्बद्ध पार्टी, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट भएर प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ४६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको