देशको इज्जत र प्रतिष्ठा बढाउन समाजवादी गणतन्त्र आवश्यक : माधव नेपाल « Khabarhub

देशको इज्जत र प्रतिष्ठा बढाउन समाजवादी गणतन्त्र आवश्यक : माधव नेपाल


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाभिमान, इज्जत र प्रतिष्ठा माथि उठाउन समाजवादी गणतन्त्रमा जानुपर्ने बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी गणतन्त्रमा जानका लागि आफूहरू मोर्चाका तर्फबाट महत्वपूर्ण भूमिका खेल्न तयार रहेको बताए ।  

‘देशको स्वाभिमानलाई माथि उठाउनु हुन्छ भने, नेपालको इज्जत, प्रतिष्ठालाई माथि उठाउनु छ भने अब नयाँ व्यवस्था, त्यो हो समाजवादी व्यवस्था, समाजवादी गणतन्त्रमा जानुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यसको निम्ति हामी समाजवादी मोर्चाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्न तयार छौँ ।’ 

व्यवस्था परिवर्तन चाहनेहरू प्रतिगमनतिर नभएर अग्रगमनतिर जानुपर्नेमा नेपालको जोड थियो ।

 ‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् । हाम्रो साथमा अगाडि आउनुस्,’ उनले भने, ‘अब यो वंशको शासनको कुरा छोडिदिनुस् । तिनीहरूले न त्याग गरेका छन्, न तपस्या गरेको छन्, न बलिदान गरेका छन् । देशलाई लुट्नमात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन ।’ 

अध्यक्ष नेपालले सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरूबाट मुलुकलाई मुक्ति दिलाउन समाजवादी गणतन्त्रमा जानै पर्ने जिकिर गरे । समाजवादी गणतन्त्रमा गएर मुलुकलाई सत्ताको दुरुपयोग गर्नेहरूबाट मुक्ति दिलाउन एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा अगाडि सारेको पनि बताए ।  

‘दलाल पुँजीवादको वर्चस्व रहेको यो व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २३८ वा २४० वर्षसम्म शासन सञ्चालन गरेका र बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरू हुन्, तिनीहरूबाट अब मुक्ति चाहियो,’ अध्यक्ष नेपालले भने, ‘त्यसका निम्ति समाजवादी गणतन्त्रमा जानै पर्छ । त्यसैले हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा महाधिवेशनबाट दस्तावेजको रुपमा अगाडि सारेको छ ।’

उनले अहिले राजनीतिक व्यवस्था परिवर्तनको कुरा उठिरहेको भन्दै सामन्तवादी व्यवस्थामा जाने नसकिने प्रष्ट पारे ।

 ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदलिनुपर्छ,’ नेपालले भने, ‘तर, सामन्तवादी व्यवस्थामा जाने होइन ।’

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : १५ बजे

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै