साहित्यकार सुवेदीका चार कृति लोकार्पण | Khabarhub Khabarhub

साहित्यकार सुवेदीका चार कृति लोकार्पण


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृतिग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ विमोचन गरिएका हुन् ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले स्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गरे। कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरियो । वरिष्ठ साहित्यकार सुवेदी अनेसासका संस्थापक अध्यक्ष हुन्।

कार्यक्रममा कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तरराष्ट्रियजगत्मा पुर्‍याउन योगदान गरेको धारणा राखे। उनले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको बताए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जवलाल सापकोटाले अन्तरराष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको र उनी  ‘साहित्यिक दोभान’ भएको टिप्पणी गरे ।

कार्यक्रमका अन्य वक्ताहरूले विशाल भावना बोकेको सङ्क्षिप्त साहित्यिक विधा कवितालाई साधना र शब्दको खेलका रूपमा चित्रित गरे । उनीहरूले सुवेदीका कृतिमा आख्यानभन्दा अनुभूति प्रधान रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा