टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी « Khabarhub

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेनसी – जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।

अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको र पछि ‘तलब रोक्का गरिएको’ आइजी मेटल युनियनले आरोप लगाएको हो । 

टेस्लाले कथित ‘ओभरपेमेन्ट’ को कारण ‘ऋण’ मा फसेको हवाला दिँदै कहिलेकाँही उनीहरूलाई जागिरबाट अवकाश दिनेगरी पारस्परिक सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नेगरेको पाइएको छ” युनियनले भनेको छ।

जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ । जर्मनीमा हालै सम्पन्न संसदीय चुनावमा अति दक्षिणपन्थी एएफडी पार्टीलाई समर्थन गरेको भन्दै मस्कको आलोचना भइरहेको छ ।

जर्मनीको बर्लिनमा टेस्लाका चार वटा कारमा बिहीबार राति देखि शुक्रबारसम्म आगलागी भएको प्रहरीले जनाएको छ । आईजी मेटलका अनुसार ११ हजारभन्दा बढीलाई रोजगारी दिने कारखानामा काम गर्ने कामदारले विवादमा युनियनको सहयोग लिने औसतभन्दा २१ गुणा बढी सम्भावना छ ।

टेस्लाको व्यवस्थापनले ‘बिल्ड ट्याब्लोइड’लाई बताएअनुसार हरेक महिना करिब एक दर्जन यस्ता मुद्दाहरू हुने गरेका छन् । कम्पनीले बिल्डलाई भनेको छ, ‘यहाँ सामूहिक कार्यको कुरा गर्नु भनेको वास्तविकताको जानाजानी विकृति हो।’

टेस्लाले प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधमा कुनै जवाफ दिएको छैन ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल