सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद « Khabarhub

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल मिलेर सरकार बन्दा प्रतिपक्ष कमजोर भएका कारण आफूहरु सरकारलाई सही दिशातर्फ डोर्याउन प्रयास गरिरहेको बताएका छन् ।

नेपाल शिक्षक संघ बैतडीको २२ औँ जिल्ला प्रतिनिधि सभा समारोह उद्घाटन गर्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले सरकारका कमिकमजोरीबारे सचेत गराइरहेको बताए ।

‘दुई ठूला दल मिलेर सरकार बनेपछि प्रतिपक्ष कमजोर हुने नै भयो । त्यही भएर हामी पार्टीकै मान्छे पनि सरकार गल्ती नगर है, कानुन बनाउँदा दुईतिहाइको दम्भ नराख है, आमजनताको भावनाको सम्मान गर है भनेर आवाज उठाइरहेका छौँ,’ नेता साउदले भने ।

उनले कांग्रेस ‘डेमोक्रेटिक’ पार्टी भएकाले पार्टीकै नेताहरु ‘एडभोकेसी’ गर्दै आएका बताए ।‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले लगातार एडभोकेसी गरिराखेका छौँ,’ पूर्व परराष्ट्रमन्त्री साउदले भने, ‘यसमा म पनि लागि राखेको छु । अरु साथीहरु पनि लागिराख्नु भएको छ ।’

साउदले दुईतिहाइको सरकारले आफ्ना प्राथमिकता निर्धारण गर्दा मुख्य प्राथमिकताको क्षेत्रमा प्रवेश गर्न नसकेको पनि बताए ।

‘दुईतिहाइको सरकार बनिसकेपछि यसले प्राथमिकता निर्धारण गर्दा मुख्य प्राथमिकताको क्षेत्रमा प्रवेश गर्न सकेको छैन,’ नेता साउदले भने, ‘मुख्य प्राथमिकताको क्षेत्र भनेको संविधान संशोधन हो ।’

उनले संविधान संशोधन गर्दा शिक्षकहरुका माग पनि समेटिनु पर्ने बताए । ‘यदि संविधान संशोधन गर्नु पर्ने हो भने त्यहींनिर तपाईंहरुका शिक्षासम्बन्धी समस्याहरु पनि आउँछन् । धेरै शिक्षकहरुको गुनासो छ,ु साउदले भने, ुशिक्षक भनेका शिक्षाको उन्नयनका लागि एकल स्रोत हुन ।’

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४२ बजे

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै