ताइवानसँग युद्ध लड्न सक्षम र तयार छौँ : चिनियाँ कमाण्डर « Khabarhub

ताइवानसँग युद्ध लड्न सक्षम र तयार छौँ : चिनियाँ कमाण्डर


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ जनमुक्ति सेनाका कमाण्डरले कुनै पनि समय ताइवानविरुद्ध लड्न तयार रहेको बताएका छन् । पूर्वी थिएटर कमाण्डका प्रमुख लिन शियानयाङले कुनै पनि बेला ताइवानविरुद्ध लड्न चिनियाँ जनमुक्ति सेना सक्षम र तयार रहेको बताएका हुन् ।

पछिल्लो समय ताइवान र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ कमाण्डरको यस्तो भनाइ आएको हो । खासगरी गत मे महिनामा विलियम लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता सम्बन्धमा तिक्तता आएको छ ।

चिनियाँ गृहयुद्धपछि अलग भएको ताइवानमा लोकतन्त्रिक शासन व्यवस्था रहिआएको छ भने चीनमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । चीनले राष्ट्रपति लाई चिङ तेलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिँदै यसबाट थप उत्तेजना पैदा हुने चेतावनी दिने गरेको छ ।

चीनले लामो समयदेखि ताइवानलाई मुख्यभूमि मातहत ल्याउने बताउँदै आएको छ । यसका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ३१ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द