धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईले तोड्यो पराजयको शृङ्खला « Khabarhub

धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईले तोड्यो पराजयको शृङ्खला


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ।

सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले हरायो। १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो।

चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन जोडे। यसैगरी धोनीले अविजित रहँदै ११ बलमा २६ रन जोडे। उनी प्लेयर अफ द म्याच बने।

साइक रसिद र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गरे। रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन जोडेका थिए।

लखनउका तीन स्पिनरले खेललाई लगभग आफ्नो पक्षमा पारिसकेको अवस्थामा धोनीले उल्ट्याएका हुन्। दिगवेश राठीले चार ओभरमा २३ रन खर्चेर एक तथा रवि विस्नोइले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। पार्ट टाइम बलर आइडन म्याक्रमले चार ओभर नै बलिङ गरेर २५ रन खर्चेर एक विकेट लिए। पावर प्ले सकिँदा प्रति ओभर आठ भन्दा कम रन चाहिएको अवस्थामा बिचको समयमा चन्नई खस्किएको थियो।

१५ औँ ओभरको समाप्तिमा विनय शंकर आउट भए पनि धोनी ब्याटिङ गर्न आउँदा ५ ओभरमा ५६ रन आवश्यक थियो। यस समयमा ऋतुराज गाइक्वाडको अनुपस्थितिमा टोलीको नेतृत्व समेत गरेका धोनीले जित दिलाएका हुन्।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा १६६ रन जोडेको थियो। यस अघिका खेलमा असफल रहेका ऋषभ पन्त सोमबार फर्ममा फर्कँदै ४९ बलमा ६३ रन जोड्न सफल भए। मिचेल मार्सले ३० तथा आयुस बडानीले १७ रनको योगदान गरे। आईपीएलमा सानदार प्रदर्शन गरी रहेका निकोलास पूरण भने सोमबारको खेलमा आठ रनमा नै आउट भए। अब्दुल समादले रन आउट हुनु अघि ११ बलमा २० रन जोडे।

चेन्नईका माथिसा पाथिरना र रवीन्द्र जडेजाले समान दुईदुई विकेट लिए। स्टार नुर अहमदले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै चार ओभरमा १३ रन मात्र खर्चिए।

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नाई त्यसपछि लगातार पाँच खेलमा पराजित भएको थियो। कुल चार अङ्क भएको चेन्नई अझै तालिकाको पुछारमा छ। लखनउ भने आठ अङ्कसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ४० बजे

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र