मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सामग्री हस्तान्तरण « Khabarhub

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सामग्री हस्तान्तरण


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ ।

शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शारीरिक रूपले हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको सुविधाका लागि चार किसिमका अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाइएको छ ।

फोल्डिङ लौरी, इअर सेट, ह्विलचियर र चर्पी चियर हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट सात थान, ह्विलचियर पाँच थान र चर्पी चियर आठ थान, थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान पाएका छन् ।

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वीलचियर दुई र चर्पी चियर दुई थान, लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको जनाइएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, सामाजिक विकास कार्यालयका प्रमुख सापकोटालगायतले यहाँका पालिकालाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ०२ बजे

स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ?

काठमाडौं – बुटवलको एक बोर्डिङ स्कुलले विद्यार्थीको बिहे गराइदिएको छ

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ

काठमाडौं- पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाका

नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै

त्रिवेणी– लक्ष्य भन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७