सुनसरीमा एकमहिने सिरुवा मेला सुरु « Khabarhub

सुनसरीमा एकमहिने सिरुवा मेला सुरु


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ ।

नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो ।

इनरुवा–६ मधेशबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताए ।

विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला लाग्दै मोरङमा गएर समापन हुने उनले जानकारी दिए ।

यो मेला सदरमुकाम इनरुवाको, मधेश, इनरुवा– ७ चान्दबेला, इनरुवा– ८ गणेशपुर, इनरुवा– १ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी– २ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुनेछ ।

एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ । अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ११ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान