यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु « Khabarhub

यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

यमन – अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन्।

यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दैनिक अमेरिकी सेनाले गरेको आक्रमणले हाउथी सैन्य जत्था निर्मूल गरिने बताएका छन्।

हाउथीले इजरायलमाथि आक्रमण गर्नुका साथै ब्ल्याक सीमा पनि आक्रमण जारी राखेका कारण अहिलेको समस्या आएको अमेरिकाले जनाएको छ।

हाउथीले भने प्यालेस्टाइनीमा एकबद्धता जनाउँदै प्यालेस्टाइन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म आक्रमण जारी रहने बताएको हो। ट्रम्पले हाउथी सेना कमजोर भइसकेका कारण उनीहरूका लागि समेत यो लडाइँ त्याग्नु बुद्धिमानी भएको बताए।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ४८ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)