ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड « Khabarhub

ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्न – आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय फन्ड बन्द गरेका छन्।

अमेरिकी शिक्षा विभागले विज्ञप्ति जारी गर्दै आफ्नो देशको प्रबुद्ध शैक्षिक निकाय तथा विश्वविद्यालयको सोच्ने शैलीमा नै परिवर्तन आउने ठहर हार्वर्डको अभिव्यक्तिले पुष्टि भएको जनाएको छ।

भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तन लगायत माग राख्दै स्वास्थ्य मन्त्रालयले गत साता विश्व विद्यालयलाई पत्र लेखेको थियो।

विश्वविद्यालयले मंगलबार राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै सो मागलाई अस्वीकार गरेको थियो।

ट्रम्प प्रशासनको दबाबमा परेर आफ्नो नीति परिवर्तन नगर्ने यो अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ। सोमबार विश्वविद्यालयका अध्यक्ष एलन गार्वर आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

ह्वाइट हाउसले लेखेको पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने जनाएको थियो। अमेरिकामा ट्रम्प दोस्रो कार्यकालमा ह्वाइट हाउस प्रवेश गरेपछि उनले विश्वविद्यालयमा पनि ‘डाइभर्सिटी ’का योजना खारेज गर्न दबाब दिइरहेका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट