गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन « Khabarhub

गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् । 

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पण सरकारको नेतृत्वबाट हुन नसकेको जिकिर गरे ।  

नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे । यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा राखे । राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उनले बताए ।  

थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोसा जनतालाई महसुस गराउन सक्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ११ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)