काठमाडौंले महानगरमा हाडजोर्नी, नशा र फिजियोथेरापी निःशुल्क शिविर  « Khabarhub

काठमाडौंले महानगरमा हाडजोर्नी, नशा र फिजियोथेरापी निःशुल्क शिविर 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, काठमाडौं-२२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना बिरामीले सेवा लिएका छन् । 

जसमा ७१ जना हड्डी खिइएका बिरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना बुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका बिरामी भएको महानगरले जनाएको छ । 

साथै, हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए । जसमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको भण्डारीले बताए ।  

प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको र दैनिक २० जनासम्मले सेवा लिइरहेको भण्डारीले बताए । 

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरूबाट प्रवर्द्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ३४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।