काठमाडौंले महानगरमा हाडजोर्नी, नशा र फिजियोथेरापी निःशुल्क शिविर  « Khabarhub

काठमाडौंले महानगरमा हाडजोर्नी, नशा र फिजियोथेरापी निःशुल्क शिविर 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, काठमाडौं-२२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना बिरामीले सेवा लिएका छन् । 

जसमा ७१ जना हड्डी खिइएका बिरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना बुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका बिरामी भएको महानगरले जनाएको छ । 

साथै, हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए । जसमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको भण्डारीले बताए ।  

प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको र दैनिक २० जनासम्मले सेवा लिइरहेको भण्डारीले बताए । 

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरूबाट प्रवर्द्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ३४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा